Tuesday, December 17, 2013

         

पिडक भनिएकी महिला रोजी अधिकारी (श्रेष्ठ)का अनुत्तरित  प्रश्नहरुका केहि उत्तरहरु


  लेख देख्दा सबैलाइ संका लाग्न सक्छ तर यसमा कति सत्यता छ र उनी बास्तविक पिडित हुन कि होइनन् भन्ने कुरा सोच्नै पर्ने बिषय बनेको छ । पत्रकार महोदयले कुन प्रमाणको आधारमा यो कथा छाप्नु भयो? म जान्न इच्छुक छु र मेरो भनाइमा सत्यता छ कि छैन त्यसका लागि केहि प्रमाणहरु यहि इमेल मार्फत राखी पठाएको छु । 

     यो कथा रोजी अधिकारी (श्रेष्ठ) जो हाल बेल्जियमको आन्त्वरपेन भन्ने सहरमा बस्छिन् । उनको बिगत भन्नु पर्दा १४ बर्षको उमेरमा श्रेष्ठ थरको पुरुषसंग आफुखुसी भागेर बिबाह गरिन् ।त्यो कुरा उनका परिवारले थाह पाउदा पाउदै पनि केटालाइ नावालिक केटी भगाएको र केटी बेच्ने मुद्धा हाले । उनी त्यतीमै सिमित रहिनन् । लोग्ने कामको सिलसिलामा बाहिर गएको बेला देवर संग लागेको खुलासा भएपछि उनको घरमा कलहको श्रृजना भयो र उनिहरु दुबै अलग कोठा लिएर काठमाण्डौमा बस्न थाले । समय समयमा त्यही कुरा लिएर उनको लोग्नेले कुटेको र उनको यौनाडं्गमा पैसाको बिटो छिराएको भन्ने अपराधमा आफ्नो लोग्नेलाइ दुइ हप्ता हनुमान ढोकामा थुनाइन् । त्यहि सिको गर्दै उनले मलाइ पनि बोतल हालेको र कुटेको भन्दै आन्त्वरपेन पुलिसमा उजुरी दर्ता गरिन् ।   म संग भएका सबैकुराहरु उनकै मन्जुुरीमा भएको र कुनै जोर जवरजस्ती नगरेको कुरा म प्रमाणका साथ देखाउन सक्छु । सो भिडियो इन्टरनेटमा हाल्न नमिल्ने भएकाले पत्रकार महोदय चाहनुहुन्छ भने म वहालाइ मेरो रोहवरमा देखाउन सक्छु । त्यसमा उनले जुन चरम यातना पाएको कुरा बताएर मिडियामा हंगामा मच्चाउने प्रयास गरेकी छिन् त्यो सरासर गलतछ । उनले दिएका तनावका कारण उनी पोइला गए पछि उनका बाबुले उनलाइ खोज्न जानेक्रममा बाटोमै बिरामी परेर मृत्यु भयो र उनका स्वर्गिय पतिको ३० बर्षको कलिलो उमेरमा हृदयघातका कारण मृत्यु भयो । उनले आफुलाइ मुटु रोगी बताउने र आफु   बिधवा भएको दुखेसो देखाएर छिटै अरुको मन जित्ने कोसिस गर्छिन् । 

    
     उनको पतिको मृत्यु भएको दुइ बर्ष पनि बित्ता नबित्तै मुटु रोगको उपचार गराउने भन्दै ऑस्ट्रिया भाइ कुमार अधिकारीकोमा आइपुगिन् र भाइकै सल्लाहमा बेल्जियम आएर सरणार्थि केस गरेर लिन्ट भन्ने सहरमा बस्न थालिन् । सोहि क्रममा उनको साथी निमा संग कागजवाला केटा खोज्दै बु्ज आइपुगिन् । सो केटा छोटो समयमा नेपाल बिबाह गर्न जान लागेको कुराले र उनी मुटु रोगी भएकाले सम्वन्ध गास्न चाहेन । सो केटा मेरो पनि साथी भएकाले उनीहरुको टेलिफोन सम्वाद मैले पनि थोरै सुन्न पाएको थिए । एक दिन सोकेटाले कुरा गर्दा गर्दै आफ्नो टेलिफोनको ब्यालेन्स सकिएको भन्दै मेरो टेलिफोनबाट उनि संग कुरा गर्यो । त्यसकोे भोलिपल्ट मेरो टेलिफोनमा उनको फोन आयो । त्यतिनै बेला उनलाइ मैले मेरो आफ्नो अबस्था बताए । मेरो याहाको बेल्जिक संग राम्रो सम्बन्ध नभएर साथीकोमा बस्दै आएको र नेपालकि श्रीमति संग पनि सो समय मनमुटाव भएको कुरा बताएँ । सोहि बिच हाम्रो पटक पटक फोन सम्पर्क भयो र उनले मलाइ छुुट्टीको बेला आफुलाइ भेटन आउन निमन्त्रणा गरिन् । म उनलाइ सन २०१० को डिसेम्वर महिनामा उनलाइ भेटन म आन्त्वरपेन गएँ । उनलाइ भेटिसकेपछि आफुले क्याम्पमा छुट्टी लिएको र म सगै बु्रज जाने प्रस्ताव गरिन् । म पनि त्यो समय अलग साथीकोमा बस्दै आएको थिए । सो समय मेरो साथी आफ्नो बुबाको मृत्युको घटनाले केहि दिनका लागि नेपालमै थियो । हामी त्याहा दुइहप्ता जति सगै बस्यौं र त्यो बिचमा साथी पनि नेपालबाट फर्किसकेको थियो । म काममा भएको बेला मेरो साथीले कसैको तिन तिनवटा गलफ्रेण्ड भएको र कोही एक्लै बस्नु परेको र आफ्नो कोठामा रोजीलाइ समेत ल्याएको भन्दै रोजीलाइ उनी जस्तै केटी खोज्दिन आग्रह गरेका रहेछन् । सो कुरा मैले रोजी बाटै थाहपाएँ । उनि म संग बु्रज बस्दा पुरानो केटालाइ संम्पर्क गरेको कुरा मैले थाह पाएको हुनाले हाम्रो त्यही बेला सामान्य बिबाद भएको थियो र मैले रोजी मेरो सामान्य साथी भएकाले न त मैले उनी संग बिबाहनै गर्ने हो न त तिमी मेरी प्रेमिका नै हौ जो संग मन लाग्छ सम्पर्क गर्दा हुन्छ भनेको थिएँ । तर उनले आफुले मलाइ मनदेखी मनपराएको भन्दै साथीले गरेको प्रस्ताव मलाइ थाह हुने डरले मेरो बिस्वास जित्न भनेकी थिइन् । त्यो घटना पछि मेरो र साथीको पनि बिबाद भयो । म पनि कामको ब्यस्तताले हाम्रो भेट कम हुन थाल्यो । मेरो छुट्टीको दिन उनि ट्रेनमा आउथिन र हामी गाडिमै बस्थ्यौं। हामी सगै बसेर सारिरिक सम्पर्क गर्दा उनी आफुले दवाइ प्रयोग गरेको र बच्चा नबस्ने भन्दै परिवार नियोजनको अस्थाइ साधन थुतेर फाल्थिन । 
      समय त्यसरी नै बित्दै थियो एक दिन उनले फोन गरेर आफु दुइ मैनाको गर्भवती भएको कुरा बताइन । सोहि समय मेरो गाडिको एक्सिडेन्ट भएको र मेरो लाइसेन्स् पनि नभएकोले र याहा पुलिसकेस मिलाउनु पर्ने भएकाले तत्कालै आउन नभ्याउने कुरा बताएँ । सोहि समय उनलाइ जसरी पनि एवोर्सन गर्नु पर्ने र मैले उनको बिस्वासमा परेर धोका भएकाले कुनै पनि हालतमा बच्चा नस्विकार्ने बताएँ । उनको साथी निमाले पनि पाल्न गाह्रो हुने भएकाले आफु सगै गएर फाल्ने सुझाव दिदा रोजीले मानिनन्  । उनी म सग भन्दा बढि आन्त्वरपेनमा हुने भएकाले मेरो बच्चा नहुन पनि सक्छ त्यसैले मैले मेरो सल्लाहमा बच्चा नबसेको भएकाले बच्चा नस्विकार्ने जनाए । उनले बच्चा फाल्न मिल्ने समय यसरी नै आलटाल गरेर बिताइन् । बच्चा फाल्न नमिल्ने भएपछि उनले मेरो नेपालमा भएको परिवारलाइ आफ्नो बारेमा सबै बताएर मलाइ छोड्नुनै राम्रो हुने सल्लाह दिइछन् । यो कुराले मेरो श्रीमतीलाइ धेरै मानसिक चिन्ता पर्यो र धेरै दिन म सग कुरापनि गरिनन् । केहि समय पस्चात मैले रोजीबाट जानजान बच्चा नबनाएको र उसले आफ्नो याहाको पेपर बनाउन मलाइ प्रयोग गरेको कुरा बताए । रोजी र उसको भाइको फेसबुक सम्वादमा मलाइ फसाउन गरिएको कुराकानी उसलाइ पनि देखाइदिएँ । सो प्रमाण यही मेल मार्फत पठाएको छु । 

       
       नेपालमा मेरो परिवार धेरै चिन्तीत थियो । तर पनि म रोजीलाइ मानवताको नाताले पनि त्यो अबस्थामा छोडेर नगइ उनको बच्चा हुने बेला सम्म यही वसिरहे । उनको २०१२ फेबु्रवरी  ५ राती हस्पिटल राखेको र त्यसै रात बच्चा सकुसल जन्मिएको थाह पाए । हाल आएर सो समयमा म त्याहा नभएको कुरा बताएकी छन् त्यो सरासर गलत छ । त्यसको प्रमाण यहि मेल मार्फत पठाएकोछु । उनलाइ हस्पिटलबाट डिस्चार्ज गरिसकेपछि म सगै बु्रज जाउ भन्दा १० दिन सम्म नर्स चेकअप गर्न आउने भएकाले आन्त्वरपेनमै सजिलो हुने कुरा बताइन । मैले उनलाइ केहि रकम र आवस्यक परेमा मेरो बैक कार्ड चलाउनु भनेर उनको साथी देउताकोमा लगेर छाडे । त्याहाबाट हिडेको तिनदिन पछि मैले नेपालमा परिवारलाइ भेटन गएँ । म त्याहा पुगेको केहिदिन पुग्दा नपुग्दै भागेको र जिम्वेवारी नलिएको भन्दै उनका आफन्तिले धम्कीको संैलीमा फोन गर्न थाले । बिबाद चर्का चर्की भयो र मैले पनि जे गर्न सक्छौ गर भनिदिए । म नेपाल भएको समयमा यता सन्ताललाइ पनि फोन गरेर धेरै अपसब्द प्रयोग गरिछन् । केहि समय नेपालको बसाइ पछि म याहा आएर उनलाइ भेटन   एन्त्वरपेन गए उनी कसैको कोठामा बस्दिरहिछन् । त्यो कोठा पनि चाडै छोड्नु पर्ने उनले बताइन् । मेरो बु्रजको घरमा जानलाइ सन्ताल सग बिबादका कारण पहिलेको जस्तो सहज नहुने तर मिलेर बस्न सक्ने भए आउन सल्लाह दिए । त्यसको केहिदिन पछि उनको कतै बस्ने ठाउ नभए पछि याहा आउन बाध्य भइन् । सो समय म नेपाल जादा काम छाडेकाले नया काम पनि थिएन र नेपालमा पनि धेरै खर्च भएकाले सन्तालकै कामको आम्दानीबाट चल्नु परेको थियो । एक दिन म बाहिर भएको बेला सन्तालले नानीको लागि दुध, पाम्पर आदि इत्यादि किनेर ल्याएकी रहिछ । तर रोजीले त्यो सामान कमसल भयो भन्दै    फ्याकिछ र दुइ बिच बिबाद भएछ । मैले घर आएर सोध्धा सन्तालले सबै बृस्तृत बताइ र उ रिसाएर बच्चा लगेर हिडेको कुरा थाह पाए । त्यो दिन रोजीले आफुलाइ एक्लो पारेको र अब क्षेत्रि समाज, यनआरयन र आफन्तलाइ बोलाइ मलाइ पाठ सिकाउछु भन्दै धम्की दिइ र धम्कीपुर्ण फोनहरु पनि आए । मैले पनि च्यालेन्ज स्विकार्दै आफुले सकेको गर्दा गर्दै उनै टेडिन्छे भने सकेको गर्न  सुझाव दिए । 

   त्यो समय बिचमा धेरै फोन र धम्की आए । तर कसैको केहि नलागेपछि मेरा याहा भएका आफन्त र साथी भाइले पनि मिलेर बस्दा राम्रो हुने सल्लाह दिए पछि फेरि बोलाए । याहा आएर हामी तिन अलग अलग कोठामा सुत्थ्यौ । तर रोजी बेला बेलामा छोेरी ल्याएर छोरीको बाहानामा मलाइ स्पर्स गर्दै बस्न खोज्थी  । तर म फेरी त्यो गल्ति नदोहोर्याउने बताएपछि सायाद उसलाइ त्यो कुरा चित्त बुझेको थिएन । एक दिन म काममा भएको बेला मैले पकाएर राखेको खाना उसलाइ फोन गरेर त्यो खाना बासी भए त्यो फ्रिजमै राखेर नया बनाएर खाउ त्यो बासी म खान्छु भन्दा भन्दै तल आएर सबै खाना डसबिनमा पm्याकिदिइछ । बेलुका म कामबाट फर्के पछि मैले केहि खानु पर्यो भनेर फ्रिजमा हेर्दा केहि थिएन । अनि सन्ताललाइ खाना खोइ भनेर सोध्धा रोजीले डसबिनमा फालेको कुरा बताइ । मलाइ त्यो कुरा चित्त बुझेन र मेरो र रोजीको सामान्य बिबाद भयो । भोली पल्ट बिहानै उ छोरी बोकेर हिडि । याहाबाट हिडेको केहि दिनपछि उसको भन्दा छोरीको अलपत्र हुने देखेर फेरी बोलाए । 
       उ घरी घरी न्यु खोजेर एन्त्वरपेन जान खोज्थी । त्यसै बिच नानीको सुइलगाउने बेला भएको थियो । मैले यतै डक्टर सग सल्लाह गरेर लगाउला भनेर सन्ताललाइ काहा लगाइन्छ भनेर बुझ्न पठाए । डक्टर सग बुझीसकेपछि पुरानो मेडिकलको बुक चाहिने कुरा बतायो । मेैले रोजीलाइ बुक काहा छ भनेर सोधे । उसले एन्त्वरपेन राम दाइकोमा भएको बताइ । म अर्को दिन गएर किताव लिएर आए । याहा सुइ लगाउन मिल्छ भन्दा भन्दै उसले उसका दुइ बहिनीलाइ पनि बोलाएकी रहिछ । म बेलुका कामबाट आएपछि थाहा पाए । उनीहरु आप्mनो कोठामा बसेर गफ गरिरहेका थिए । म केहि नबोलि सुते । अर्को दिन बिहान सन्ताल काममा थिइ र म सुतिरहेको थिए । तल ढोकाको आवाजले बिउझिन पुगे । उनीहरु तिनै जना जादैै थिए तल आएर हेरेको मेरो बैक कार्ड मलाइ नसोधी लिएर गएकी रहिछ । मैले तत्कालै बैक कार्ड ब्लक गरिदिए। मलाइ एन्त्वरपेनाबाट बैककार्ड मेसिनले थुतिदियो भन्दै र आफु सग पैसा छैन भन्दै फोन गरि । मेैले त्याहा भएको साथीलाइ उसलाइ पैसा दिन भने । उसलाइ गरेको खर्चको बिबरण उसकै अक्षरमा लिखित प्रमाण पनि यसैमेलमा पठाएको छु । 


     पटक पटक घरमा निउ खोजेर एन्त्वरपेन गए पछि मलाइ संका लागेर उसको टेलिफोन मैले लगे र मेरो फोन उसलाइ चलाउन दिए । म काममा भएको बेला कुनै राम भाइ नाम सेभ गरिएको बाट म्यासेज आउन थाल्यो र मैले पनि रोजी बनेर उत्तर दिने क्रममा उसले आफ्नो कोठामा आउन आग्रह गर्दै उ संग बसेको यो चोटी बढि पैसा दिने र त्यसबापत उनले पहिलेको भन्दा राम्रो सर्भिस दिनुपर्ने बतायो । त्यति बेला सम्म उसले मलाइ रोजी नै संझीएर धेरै अस्लिल कुराहरु गर्यो । बेलुका म घरमा आएर केहि नभनि सुते । मेरो रातीको कामले म ढिला सम्म सुत्ने भएकाले उसले बिहान पख चाडै उठेर आफ्नो मोबाइलको सबै म्यासेज डिलिड गर्दै त्यो केटा संग किन त्यस्तो कुरा गरेको, त्यो फोन हिजो अर्कै संग भएको जानकारी गराउदै थिइ । म उठेर तल झर्दा उ डरले रातो निलो भइ । त्यसपछि हाम्रो धेरै बिबाद भयो र मैले घरबाट निस्केर जाने सुझाव दिए । त्यसपछि उ एन्त्वरपेनमै कोठा लिएर बस्न थाली । त्यो बिच पटक पटक म एन्त्वरपेन छोरी भेटन जान्थे । तर उ संग राम्रो संग बोलचाल हुन्थेन । छोरीको मायाले जे भएपनि नाम दिनु पर्छ भन्ने लागेर नाम पनि र छोरीको कार्ड पनि बनाइदिए । मलाइ बच्चाको माया भएको र उसको माया नलाग्ने भन्दै केहि समय छोरी मै संग बु्रज लग्छु भन्दा उसले ठाडै अस्किार गरी । छोरी आफुले ल्याउन नपाउने भएपछि म पनि त्याहा जान छोडिदिए र फोन कन्ट्याक पनि बन्द गरिदिए । तर उसले मलाइ पटक पटक फोन गरेर मेरो कमजोरी छोरी हो भन्ने उसलाइ पुरै अबगत थियो त्यसैले उसले इमोसनल ब्ल्याकमेल गरिरहन्थि । उसले पठाएका केहि म्यासेज प्रमाण स्वरुप पठाएको छु । 

If I have given 4 years  so much torture how
comes  this message mister reporter.


      मान्छे  बुढो, बिदेसी वा कुनै अन्य जातको हुदैमा माया गर्न नहुने र तन्नेरी हुदैमा माया गर्नु पर्ने कुनै आबस्यकता हुदैन । उसको ब्याबहार र बिचार राम्रो भयो भने त्यसै माया पलाउछ तर रोजीका   कृयाकलापले मेरो मन धेरै मरेको छ । उसको चरित्र ठिक भैदिएको भए म एक जना बिदेशी त्यसमा पनि म भन्दा दोब्वर उमेरकी संग मिलेर बसेकोछु  र सहारा दिएकोछु । तर उ नेपाली र मेरै उमेरको हुदाहुदै पनि उ टाडिएकी छ । यदि मैले उसलाइ उसको लेखमा जस्तै त्यति धेरै अत्याचार यातना र पिडा दिएको भए त्यति नराम्रो सोसक संग किन अझै पनि सगै बस्छु भन्दै म्यासेज वा फोन गर्छिन त ? यो सबैले सोच्नु पर्ने   बिषय बनेकोछ । 
    यो भन्दा धेरै त म के भनौ कथा ब्यथा लामो पनि भयो । समयमै कामको ब्यस्तताले गर्दा पत्रकार महोदयलाइ सम्पर्क गर्न नसकेकोमा क्षमा प्रार्थिछु र मेरा पनि बिचार पोख्ने मौका दिनु भएकोमा पत्रकार महोदय प्रति धन्यबाद र आभार प्रकट गर्न चाहन्छु । आबस्यक परेको खण्डमा क्रमस लेख्दै जानेछु । 










Chora yetro vaisakyo ama ko charitra yesto cha ajhhai duniya guhardai